काठमाडौं - साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ ।
उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८३ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ११ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेपनि सञ्चालन खर्च र कर्मचारी खर्च बढेपछि लघुवित्तको नाफामा दबाब परेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २३.८६ प्रतिशत बढेको छ । लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा २.६४ प्रतिशत घटेको छ ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ४२ पैसा घटेर ३६ रुपैयाँ १५ पैसा सीमित भएको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.१८ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ७० पैसा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५ प्रतिशत बढेको छ भने जगेडा कोष ३०।७८ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी ३३.५० प्रतिशत, निक्षेप ६०.७० प्रतिशत र कर्जा ६५.१० प्रतिशत बढेको छ ।
प्रतिक्रिया