आँखुखोला जलविद्युतको नाफा २ करोड ४८ लाख, प्रतिशेयर आम्दानी कति ?

३ बर्ष अगाडि

काठमाडौं - आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले गत असार मसान्तसम्ममाले २ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा उल्लेख्य बढेको छ । गत असार मसान्तसम्ममा कम्पनीले २ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा २ हजार २५८.६५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा १० लाख ५२ हजार रुपैयाँ मात्र थियो ।

सो अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी १५.१९ प्रतिशत बढेर २२ करोड २९ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा ११.६८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १५.०२ प्रतिशत बढेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ९७ पैसा बढेर ३ रुपैयाँ १० पैसा पुगेको छ ।

असार मसान्तसम्ममा ८० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने २३ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया