युनियन लाइफद्धारा घातक रोग बापतको बीमा दाबी भुक्तानी

३ बर्ष अगाडि

काठमाडौं - युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग बापतको बीमा दाबी भुक्तानी गरेको छ ।

कम्पनीको धुम्बाराही शाखाले बीमित कान्छि घिसिङलाई घातक रोग वापतको दाबी भुक्तानी गरेको हो । बीमित घिसिङले २०७७ मंसिर २५ गते युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा घातक रोग प्लस गरी जीबन बीमा गरेकी थिइन् ।

करिब डेढ महिनाअघि उनलाई थाइराइड क्यान्सर भएको कारण कम्पनीले घातक रोग वापतको बीमा दाबी भुक्तानी गरेको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया