हिमाल दोलखा हाइड्रोले ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने, बोलायो साधारण सभा

३ बर्ष अगाडि

काठमाडौं - हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर जारी गर्नको लागि आगामी साधारणसभामा प्रस्ताव लैजाने भएको हो ।

कम्पनीले हाल कायम १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजीको ७५ प्रतिशत अर्थात १ बराबर ०.७५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्न लागेका हो ।

हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले भदौ ३ गते लिसारा हल नक्सालमा साधारण सभा बोलाएको छ । सभामा हकप्रदमार्फत पूँजी बृद्धि गरी २ अर्ब ८० करोड रुपैयाँ पुर्याउन प्रस्ताव लैजाने भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया