६ कम्पनीको शेयर नेप्सेमा सूचिकृत, कुनको कति ?

३ बर्ष अगाडि

काठमाडौं - यो साता  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ कम्पनीको शेयर सूचिकृ त भएको छ । राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, एनआईसी एसिया फ्लेक्स क्याप फन्ड, कुमारी म्युचुअल फन्ड, विन्ध्यबासिनी हाइड्रोपावर, कालिका पावर र नेपाल इन्स्योरेन्सको शेयर सूचिकृत भएको हो । 
१. राष्ट्र बैंक
नेप्सेमा नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले जारी गरेको विकास ऋणपत्रहरु ५ वर्षे अवधिको २०८४ ‘छ’, ५ वर्षे अवधिको २०८४ ‘ज’ र ६ वर्षे अवधिको २०८५ ‘च’ सूचीकृत भएको हो । 

विकास ऋणपत्र २०८४ ‘छ’ १५ अर्ब रुपैयाँबराबरको हो । यो ऋणपत्रको निष्कासन गत असार ८ गते भएको थियो । यसको साँवाब्याज भुक्तानी २०८४ असार ८ हुनेछ । यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९।१९ प्रतिशत ब्याज पाउँछन् । 

यसैगरी विकास ऋणपत्र २०८४ ‘ज’ पनि १५ अर्ब रुपैयाँबराबरको हो । यो ऋणपत्रको निष्कासन गत असार १५ गते भएको थियो । यसको साँवाब्याज भुक्तानी २०८४ असार १५ हुनेछ । यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९.०२ प्रतिशत ब्याज पाउँछन् । 

त्यस्तै विकास ऋणपत्र २०८५ ‘ज’ ५ अर्ब रुपैयाँबराबरको हो । यो ऋणपत्रको निष्कासन गत असार २२ गते भएको थियो । यसको साँवाब्याज भुक्तानी २०८५ असार २२ हुनेछ । यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८।४९ प्रतिशत ब्याज पाउँछन् ।

२. एनआईसी एसिया फ्लेक्स क्याप फन्ड 
नेप्सेमा एनआईसी एसिया फ्लेक्स क्याप फन्ड सूचीकृत भएको छ । नेप्सेमा १० रुपैयाँ अंकित दरका एनआईसी एसिया फ्लेक्स क्याप फन्डका १० करोड २० लाख इकाइ  सूचीकृत भएको हो । उक्त योजना व्यवस्थापकमा एनआईसी एसिया क्यापिटल रहेको छ । 

३. कुमारी म्युचुअल फन्ड
नेप्सेमा कुमारी म्युचुअल फन्ड सूचीकृत भएको छ । नेप्सेमा कुमारी धनवृद्धि योजनाका १२ करोड २५ लाख ७ हजार २५९ इकाइ सूचीकृत भएको हो । उक्त योजनाको योजना व्यवस्थापनमा कुमारी क्यापिटल रहेका छन्। 

४. विन्ध्यबासिनी हाइड्रोपावर
विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधरणलाई निष्कासन गरेको १५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ७५ हजार कित्ता शेयर गरी एक करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको पहिलो शेयर कारोबारको लागि नेप्सेले न्युनतम १११ रुपैयाँ ३४ पैसा देखि अधिकतम ३३४ रुपैयाँ २ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । 

५. कालिका पावर 
नेप्सेमा कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले वितरण गरेको ९ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७र७८ मा आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

६. नेपाल इन्स्योरेन्स
 नेपाल इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १३ लाख ६६ हजार ५७२।४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले जेठ ३० गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ११ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया