मनाङको तापक्रम माइनस २० डिग्री पुग्यो

७ बर्ष अगाडि

काठमाडौँ – बुधबार रातीदेखि निरन्तर हिउँ परिरहेका कारण  मनाङको तापक्रम घटेर माइनस २० डिग्री सेल्सियस पुगेको छ । 

मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने  यतिबेला हिउँबर्षाले हिमाली जिल्ला मनाङको जनजीवन एकदमै  कष्टकर बनेको छ । देवकोटाका अनुसार  टंकी मनाङ, खाङ्सार, माथिल्लो मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी लगायतका ठाउँमा हिमपात भएको बताए । 

चामेदेखि तल्लो भागहरु तिमाङ, दानक्यु र बगरछापमा हिमपात रोकिएर बर्षा भैरहेको छ । 

 

७ बर्ष अगाडि

प्रतिक्रिया