सयपत्री हाइड्रोको आईपीओमा पहिलो दिनमै माग भन्दा ५ गुणा बढी आवेदन, कहिलेसम्म दिन सकिन्छ ?

३ बर्ष अगाडि

काठमाडौं - सयपत्री हाइड्रोपावर लिमिटेडले आजदेखि निष्कासन गरेको आईपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । शुक्रबार दिउसो १ः३२ बजेसम्ममा सर्वसाधारणलाई निष्कासन गरेको शेयरमा करिब ५ गुणा बढी आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार अपरान्ह १ः३२ बजेसम्ममा २ लाख ४ हजार ९८९ आवेदनबाट २३ करोड ८४ लाख ३९ हजार रुपैयाँ बराबरको २३ लाख ८४ हजार ३९० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई छुट्टाएको ६ लाख ७० हजार ५८६ कित्ताको ४.८९ गुणा बढी हुन आउँछ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि निष्कासन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको छ ।

जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ भने २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी रहने ६ लाख ७० हजार ५८६ कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयरमा पहिलो दिननै माग भन्दा बढी आवेदन परेकोले साउन १७ गते सम्ममा मात्रै आवेदन दिन सकिनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै, मेरो शेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया