सानिमा बैंकका ग्राहकले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने

३ बर्ष अगाडि

काठमाडौं - सानिमा बैंकका ग्राहकले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएको छ ।

सानिमा बैंकका ग्राहकले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ लगइन गरी सजिलै रकम रकमान्तर (चेकआउट) गर्न सक्नेछन् । बैंकले ग्राहकका लागि मोबाइल बैंकिङ एपमार्फत फन्ड लोड गर्ने प्रणालीको पनि ब्यवस्था चाँडै नै उपलब्ध गराउनेछ ।

बैंकको मोबाइल बैंकिङ एपबाट इसेवा, खल्ती र नमस्ते पे वालेट गरी तीनवटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ । यसैगरी सानिमा बैंकले डिजिटल बैंकिङको अधिकतम प्रयोग र नगदरहित कारोबारलाई प्रोत्साहन गर्न यस्ता कार्यहरु गर्दै जाने भन्ने विश्वास गरेको छ।

सानिमा बैंकको देशभर १२७ कार्यालय र १२० वटा एटीएम सञ्जाल सञ्चालनमा छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया