आज कुन कम्पनीको भयो सर्वाधिक कारोबार ?

३ बर्ष अगाडि

 काठमाडौं - आज शुक्रबार साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १२.९२ अंकले बढेर २,१४०.३९ को विन्दुमा कायम भएको छ । आज १०३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २ अर्ब १९ करोड १६ लाख १९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको १२ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, लुम्बिनी विकास बैंकको ९ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको ७ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ६ करोडमाथि शेयर कारोबार भएको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया