श्रीलंकालाई वर्ल्ड बैंकले आर्थिक तथा वित्तीय सहयोग नगर्ने

३ बर्ष अगाडि

एजेन्सी - वर्ल्ड बैंकले श्रीलंकालाई आर्थिक तथा वित्तीय सहयोग नगर्ने जनाएको छ । समष्टिगत आर्थिक सुधार नीति नबनाएसम्म वर्ल्ड बैंकले श्रीलंकालाई आर्थिक सहयोग नगर्ने विज्ञप्ति मार्फत जानकारी दिएको हो ।

यसैगरी वर्ल्ड बैंकले श्रीलंकाले आर्थिक अस्थीरताको मूल कारण पत्ता लगाई त्यसलाई समाधान गरी आर्थिक स्थीरता कायम गर्न तर्फ अग्रसर हुनुपर्ने जनाएको छ ।

श्रीलंका अहिले इतिहासकै कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । राजापाक्ष परिवारको एकल शासन, चरम भ्रष्टाचार, कोभिड–१९बाट प्रभावित भएको श्रीलंकाको अर्थतन्त्र शिथिल रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया