काठमाडौं - प्रिमियममा आईपीओ निष्काशन गर्न लागेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ७७ रुपैयाँ १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मासान्तसम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
उक्त बीमा शुल्क अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा २७.४२ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले २ अर्ब ९५ करोड ८९ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आम्दानीबाट ४८ करोड ३७ लाख रुपैयाँ र बीमालेख धितोमा १४ करोड ८१ लाख रुपैयाँ लगानी गरी ३८ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको खुद नाफा पनि २१.६५ प्रतिशतले बढेर २७ करोड ४८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले २२ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा एक अर्ब ९ करोड ९ लाख रुपैयाँ, बीमा कोषमा ४ अर्ब ६० करोड ४९ लाख रुपैयाँ र महाविपत्ती कोषमा १० करोड ७३ लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ६३ पैसा र प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ ५९ पैसा रहेको छ । कम्पनीले प्रतिकित्ता २१२ रुपैयाँका दरले सर्वसाधारणको लागि आईपीओ निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिइसकेको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम मूल्य सहित प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्काशन गर्ने अनुमति गरेको छ । त्यस अनुसार कम्पनीले प्रति कित्ता २१२ रुपैयाँ दरले ६० लाख कित्ता अर्थात १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ ।
आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । यस्तै कम्पनीले संस्थापकहरुलाई शत प्रतिशत पूँजी थप्न पनि आग्रह गरेको छ । हाल संस्थापकहरुको पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।संस्थापकले शत प्रतिशत पूँजी थपेपछि संस्थापकको लगानी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया