काठमाडौं - सानिमा लाइफ इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेपछि सेयर कारोबार रोक्का भएको रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमा आज पोजिटिभ सर्किट लागेको छ ।
कम्पनीको सेयरमा १० प्रतिशतको बढोत्तरीका साथै पोजिटिभ सर्किट लागेको हो । योसँगै कम्पनीको सेयरभाउ ३३.५ रुपैयाँको बढोत्तरीका साथ ३६८।५ रुपैयाँ पुगेको छ ।
सेयर कारोबार रोक्का रहेकै अवस्थामा कसरी यो कम्पनीको सेयरमा एकाएक पोजिटिभ सर्किट लाग्यो भनेर लगानीकर्ताहरु अचम्मित परेका छन् ।
रिलायन्स र सानिमा लाइफबीच गत असार २९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । सोही दिन रिलायन्स लाइफको सेयर कारोबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले रोक्का गरेको छ ।
प्रतिक्रिया