पहिलोपटक मेटाको आम्दानी घट्यो

३ बर्ष अगाडि

एजेन्सी - पहिलोपटक फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम जस्ता लोकप्रिय एप्सको मूल कम्पनी मेटाको आम्दानी घटेको छ । 

हालै सार्वजनिक त्रैमासिक नतिजा पहिलोपटक मेटाको आम्दानीमा कमी आएको हो । मन्दी र बढ्दो प्रतिस्पर्धाको डरले कम्पनीको डिजिटल विज्ञापन बिक्री प्रभावित भएको हो ।

नतिजापछि कम्पनीको सेयरभाउ ४.६ प्रतिशतले घटेको छ । मेटाको अनुमान अनुसार तेस्रो त्रैमासिकमा आम्दानी २६ अर्ब डलर पुग्न सक्छ । कम्पनीका अनुसार यो त्रैमासिकमा आम्दानी १ प्रतिशतले घटेर २८.८ अर्ब डलर पुगेको छ । टिकटकजस्ता प्रतिस्पर्धी बजारमा आएका कारण कम्पनीको आम्दानीमा असर पर्न थालेको छ ।

गत त्रैमासमा कम्पनीको राजस्व २९.१ अबर्ड डलर थियो ।  कम्पनीको फ्ल्यागसिप एप फेसबुकमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ९३ करोड रहेको विश्लेषकको अनुमान छ । सक्रिय प्रयोगकर्ताको संख्या यो त्रैमासिकमा १ प्रतिशतले बढेको छ। योसँगै दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ९७ करोड पुगेको छ । 

अन्य अन्तर्राष्ट्रिय कम्पनीजस्तै मेटाले पनि आयसँग सम्बन्धित चुनौतीको सामना गरिरहेको छ । मेटाले तेस्रो क्वाटरमा ६ प्रतिशतले आम्दानी वृद्धि हुने अपेक्षा गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया