रिलायबल नेपाल लाइफद्धारा ४० लाख ४० हजार मृत्यु दाबी रकम भुक्तानी

३ बर्ष अगाडि

काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दावी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीको नारायणगढ शाखाले मृतकको परिवारलाई मृत्यु दावी बापतको रकम भुक्तानी गरेको हो । 

कम्पनीले भरतपुर महानगरपालिका वडा नं १७ निवासी गणेश बहादुर गुरुङ्गको मृत्यु दावी भूक्तानी गरेको हो ।

भरतपुर महानगरपालिका वडा नं. १७ स्थित मृतक परिवारको घरमै पुगेर मृतकका श्रीमती भूमिका गुरुङ्गलाई ४० लाख ४० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

मृतक गणेश बहादुर गुरुङ्गले सात महिना अगाडि मात्रै २० लाख रुपैँयाको बीमा गरेका थिए । बीमित गुरुङ्गको स्कुटर दुर्घटनामा परि ज्यान गएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया