अवैध मुद्राको कारोबारमा संलग्न ५ जना पक्राउ

३ बर्ष अगाडि

काठमाडौं - अवैध मुद्रासम्बन्धी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ देउती टोलस्थित नास्ता पसलमा अवैध मुद्रासम्बन्धी कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा सुर्खेतको सिम्ता गाउँपालिका–३ आग्रीगाउँका २३ वर्षीय समर विक, दैलेखको भगवतीमाई गाउँपालिका–४ का १९ वर्षीय मदन विक, जाजरकोटको छेडागाड नगरपालिका–५ का २४ वर्षीय निमबहादुर विक, ३३ वर्षीय रत्नबहादुर नेपाली र जाजरकोटकै कुशे गाउँपालिका–५ का ३२ वर्षीय शान्तबहादुर बादी छन्।

सादा पोसाकमा खटिएका प्रहरीले उनीहरुको साथबाट छालाको मुद्राजस्तो देखिने ११११ लेखिएको विभिन्न बुट्टा भरेको त्रिभुजाकार वस्तु बरामद गरेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया