साउन २४ गतेदेखि आईपीओ निष्कासन गर्दै धौलागिरी लघुवित्त, कति कित्ता आउँदैछ ?

३ बर्ष अगाडि

काठमाडौं - धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन भएको छ । 

कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने छ । यो मध्ये ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै शेयर बिक्री नभएमा भदौ  ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 
 
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सक्नेछन् ।यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया