काठमाडौं, सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजना (खुलामुखी) ले असार मसान्तसम्मको खुद मुल्य विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार असार महिनामा योजनाको न्याभ बढेको छ । जेठ महीनामा रू.७.९९ रहेको न्याभ असारमा रु. ८.०८ रहेको छ ।
योजना जेठ मसान्तसम्ममा रु. ४ करोड २७ लाख नोक्सानीमा थियो भने असार महीनामा ४ करोड ३ लाख नोक्सानीमा रहेको छ । जेठ मसान्तसम्ममा योजनाको जम्मा खर्च रु.५० लाख ३६ हजार थियो भने असार मसान्तसम्म फण्डको खर्च बढेर ५३ लाख पुगेको छ ।
त्यसैगरी असार मसान्तसम्ममा योजनाको जम्मा आम्दानी रु. ३ करोड ४९ लाख घाटामा रहेको छ । गत महिनामा पनि योजनाको जम्मा आम्दानी रु.३ करोड ७४ लाख घाटामा थियो ।
असार मसान्तसम्म फण्डको जम्मा सूचीकृत शेयरमा लगानी रु.१३ करोड ६ लाख रहेको छ । उक्त लगानी जेठ महिनामा रु १२ करोड २ लाख थियो । योजनाको मुद्दती निक्षेपमा रु.३ करोड रहेको छ ।
प्रतिक्रिया