काठमाडौं, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।
प्रकाशित वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ८ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५५.०८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५७.२३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ११४.७७ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ६२.११ प्रतिशत बढेको छ।
खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २ रुपैयाँ ९५ पैसा बढेर ६६ रुपैयाँ ४ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.७२ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ ८६ पैसा रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४८.१५ प्रतिशत बढेको छ भने जगेडा कोष १९९.७२ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ४६२.८७ प्रतिशत, निक्षेप ५७।६७ प्रतिशत र कर्जा १०५.२१ प्रतिशत बढेको छ।
प्रतिक्रिया