मन्दाकिनी हाइड्रोपावरको आईपीओमा १६ लाख बढीको आवेदन,१ करोड ८० लाख बढीको शेयर खरिदमाग

३ बर्ष अगाडि

काठमाडौं, मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओमा १६ लाख बढीको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आईपीओमा बिहीबार साँझ ५ बजेसम्ममा १६ लाख १० हजार ९२६ आवेदनबाट एक अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको एक करोड ८० लाख ८१ हजार १८० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई छुट्टाएको १० लाख ९३ हजार ७४९ कित्ता शेयरको १६.५३ गुणा बढी हुन आउँछ ।

कम्पनीले साउन ९ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।

त्यस शेयरमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी रहने १० लाख ९३ हजार ७४८ कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलप्रथा मध्यमबाट न्युनतम १० कित्ताको दरले वितरण हुनेछ । त्यस अनुसार एक लाख ९ हजार ३७४ जना आवेदकले मात्रै कम्पनीको शेयर पाउनेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया