पछिल्लो २४ घण्टामा ७१० जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ४ हजार माथि हुदाँ कति जनाको मृत्यु ?

३ बर्ष अगाडि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

२ हजार ५४१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५२४ तथा २ हजार ४८४  एन्टिजेन विधिबाट १८६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यता थप २१५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २३६ पुगेको छ । यही अवधिमा थप २ जना सङ्क्रमितको मृत्युसमेत भएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया