काठमाडौं- साताको पाँचौ कारोबारको दिन पनि शेयर बजार बढेको छ ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार २३.८३ अंक बढेर २१११.९९ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेचञ्ज (नेप्से) १५.४४ अंकले बढेर २१२७.४२ को बिन्दुमा पुगेको छ ।
विन्ध्यबासिनी हाइड्रोपावर र राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.९८ प्रतिशत, हिमालयन पावर पार्टनरको ९.७८ प्रतिशत र समृद्धि फाइनान्सको ७.९६ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया