काठमाडौं, साताको पाँचौ कारोबारको दिन पनि शेयर बजार बढेको छ ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार २३.८३ अंक बढेर २१११.९९ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेचञ्ज (नेप्से) १५.४४ अंकले बढेर २१२७.४२ को बिन्दुमा पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता किनबेच हुँदा ४ अर्ब ९७ करोड माथिको कारोबार भएको छ ।
आज कारोबारमा भने सुधार देखिएको छ । करिब ५ अर्बमाथिको कारोबार भएको शेयरबजारमा आज सर्वाधिक अरुण काबेली पावरको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन १७ करोड ९६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको १५ करोड ८६ लाख, अपर तामाकोशीको १४ करोड १७ लाख, अपि पावरको १३ करोड ४८ लाख र नागरिक लगानी कोषको १३ करोड १७ ला रुपैयाँ माथिको कारोबार भएको छ ।
प्रतिक्रिया