काठमाडौं - नागरिक लगानी कोष (सीआईटी) ले आफ्नो २७औँ वार्षिक साधारण सभा बोलाएको छ ।
सीआईटी सञ्चालक समितिको आज बिहान बसेको बैठकले वार्षिक साधारण सभा आउँदो भदौ ६ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको बानेश्वरस्थित सीआईटीको केन्द्रीय कार्यालयमा अपराह्न ३ बजेबाट सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७७/७८ का प्रस्तावित कुल ३१.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश छन् ।
सोही सभाले सीआईटीको उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ ।
लाभांश र सभा प्रयोजनका लागि सीआईटीले यही साउन २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ साउन २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै सीआईटीको वार्षिक साधारणसभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
प्रतिक्रिया