अपर तामाकोशी हाइड्रोले शतप्रतिशत हकप्रद जारी गर्ने, साधारण सभा भदौ ३ गते

३ बर्ष अगाडि

काठमाडौं - अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीले पूँजी बृद्धिको लागि हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ ।

हाइड्रोपावर कम्पनीले भदौ ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारण सभा बोलाएको छ । सोहि सभामा कम्पनीले १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निश्काशन गर्ने प्रस्ताव पेश गर्ने छ ।

कम्पनीले शेयरधनीहरुलाई लाभांश भने वितरण नगर्ने भएको छ । सभामा सर्वसाधारण र संस्थापक शेयरधनीको तर्फबाट ५ जना सञ्चालकको निर्वाचन वा नियुक्त गर्ने प्रस्ताव समेत सभामा लैजादै छ ।

अपर तामाकोशीले गत वर्षदेखि विजुली उत्पादन गर्न थालेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया