काठमाडौं- साताको पाँचौ कारोबारको दिन (बिहीबार) विन्ध्यबासिनी हाइड्रोपावरको कारोबारमा आएको १ मिनेटमै शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.३६७.४० पुगेको छ । यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३३४ रुपैयाँमा पहिलो कारोबार भएको हो।
कम्पनीको शेयर साउन १२ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई निष्काशन गरेको १० लाख कित्ता, सर्वसाधरणलाई निष्काशन गरेको १५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ७५ हजार कित्ता शेयर गरी एक करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।
कम्पनीको पहिलो शेयर कारोबारको लागि नेप्सेले न्युनतम १११ रुपैयाँ ३४ पैसा देखि अधिकतम ३३४ रुपैयाँ २ पैसा ओपनिङ्ग रेन्ज तोकेको थियो।
प्रतिक्रिया