अमेरिकामा मुद्रास्फीति ४० वर्षकै उच्च, दोस्रोपटक ०.७५ प्रतिशतले बढ्यो ब्याजदर

३ बर्ष अगाडि

एजेन्सी - अमेरिकामा मुद्रास्फीति ४० वर्षकै उच्च विन्दुमा पुगेको छ । 

बढ्दो महँगीलाई नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि एकपटक ब्याजदरमा ठूलो वृद्धि गरेको छ । बैंकले लगातार दोस्रोपटक ब्याजदर ०.७५ प्रतिशतले बढाएको हो ।

अमेरिकामा संघीय कोषको लक्ष्य कर्जा दर अर्थात् केन्द्रीय बैंकबाट स्वदेशी बैंकले लिने दरलाई २.२५ प्रतिशतबाट २.५ प्रतिशतमा पुर्याइएको छ । अमेरिकाको केन्द्रीय बैंकले अर्थतन्त्रमा मागको स्तर र मूल्य घटाउन मार्चदेखि ऋणको लागत बढाउँदै आएको छ । तर, यो कदमले अमेरिकालाई मन्दीतर्फ लैजान्छ कि भन्ने डर बढ्दै गएको छ ।

धेरैले यो साताको आधिकारिक तथ्यांकले लगातार दोस्रो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र कमजोर भएको देखाउने अपेक्षा गरेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया