लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्षले गरे सपथ ग्रहण

३ बर्ष अगाडि

काठमाडौं - लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष प्रवीणकृष्ण श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

अध्यक्ष श्रेष्ठले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ ९२० बमोजिम नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा। नीलम ढुंगानासमक्ष आज सपथ ग्रहण गरेका हुन् । 

श्रेष्ठले एमवीएसम्मको शिक्षा हासिल गरी स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल (साबिक नेपाल ग्रिन्डलेज बैंक) र माछापुच्छ्रे बैंकको उच्च व्यवस्थापन तहमा रही करिब २ दशक नेपालको बैंकिङ क्षेत्रमा सेवा पुर्याएका थिए । 

विगत ४ वर्षदेखि लुम्बिनी विकास बैंकको सञ्चालक रहँदै आएका श्रेष्ठको कुशल नेतृत्वमा लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास लिइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया