काठमाडौं - एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ रुपैयाँ बढेको छ ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १९ रुपैयाँ ८२ पैसा रहेको बैंकको यस्तो आम्दानी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २६ रुपैयाँ ८९ पैसा पुगेको छ । चुक्ता पूँजीको तुलनामा खुद नाफा धेरै बढ्नाले बैंकको यस्तो आम्दानी बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद नाफा ४३.७७ प्रतिशत बढेर २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बैंकको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.१५ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ३४.३३ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ३२.८८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४२।८२ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ८९ करोड ५४ लाख रुपैयाँ रहेको छ ।
सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.२३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५.९७ प्रतिशत बढेको छ भने जगेडा कोष १२.५७ प्रतिशत बढेको छ ।
त्यसैगरी, बैंकको निक्षेप १२.५७ प्रतिशत र कर्जा १३.९३ प्रतिशत बढेको छ ।
प्रतिक्रिया