माछापुच्छ्रे बैंकद्धारा ७ लाख दुर्घटना बीमा भुक्तानी

३ बर्ष अगाडि

काठमाडौं - माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बीमा सुविधाअन्तर्गत ग्राहकले प्राप्त गर्ने बीमा रकम भुक्तानी गरेको छ । 

बैंकको सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका  उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधाअन्तर्गत रु। ७ लाख  रकम भुक्तानी गरेको हो । 

ग्राहक उमाकान्त चौधरीको दुर्घटनाबाट मृत्युपश्चात उनको परिवारले दाबी गरेको उक्त दुर्घटना बीमा बैंकले मृतकको परिवारलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ । 

बैंकले यसअघि पनि विभिन्न समयमा आफ्नो स्मार्ट तलब बचत खाताअन्तर्गत विभिन्न ग्राहकलाई बीमा रकम भुक्तानी गर्दै आएको  छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया