तरलता व्यवस्थापन गर्न रिपोमार्फत राष्ट्र बैंकले आज ३० अर्ब बजारमा पठाउने

३ बर्ष अगाडि

काठमाडौं - तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज ३० अर्बको रिपो जारी गर्ने भएको छ ।

बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले ७ दिने रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ ।

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले यही साउन १९ गते परिपक्व हुने यो रिपो भोलि दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।

तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी र स्थायी तरलता सुविधा ९एसएलएफ० प्रयोग गर्दछन् ।

 
 

३ बर्ष अगाडि

प्रतिक्रिया