विन्ध्यावासिनी हाइड्रोको आईपीओ आजबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

३ बर्ष अगाडि

काठमाडौं - विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आजबाट कारोबारमा आउने भएको छ । 

यो कम्पनीको आईपीओ हिजो नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचीकृत भएसँगै आजबाट कारोबारमा आउने भएको हो । कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्छ ।

नेप्सेमा यो कम्पनीको १ करोड कित्ता सेयर सूचीकृत भएको छ । जसमा संस्थापक समूहको ७५ लाख कित्ता, स्थानीयको १० लाख कित्ता र सर्वसाधारणको १५ लाख कित्ता रहेका छन् । 

नेप्सेले यो कम्पनीलाई बीएचडीसी कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम १११.३४ रुपैयाँदेखि अधिकतममा ३३४.०२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया