साउन २६ बाटा एनएमबि क्यापिटल म्युचुअल फण्ड निष्कासन गर्ने, कति ?

३ बर्ष अगाडि

काठमाडौं - एनएमबि क्यापिटल लिमिटेडले साउन २६ गतेदेखि अर्को म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ । क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ नामक म्युचुअल फण्ड निष्कासन गर्न लागेको हो ।

क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरको १२ हजार इकाई निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ८६ लाख इकाई कोष प्रबद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई अर्थात १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्याइएको छ । 

लगानीकर्ताले बाँकी रहेको १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।सो योजनाको इकाईका लागि साउन ३१ गतेसम्म आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद भदौ ९ गतेसम्म लम्बिनेछ ।

एनएमबि सुभल इन्भेष्टमेन्ट फण्ड २ एक बन्दमुखी योजना हो । यस योजनाको अवधि इकाई बाँडफाँड भएको मितिले १० वर्षको हुनेछ । क्यापिटलले यस अघि नै एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ निष्कासन गरिसकेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । यस योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया