बुटवल – अर्घाखाँचीमा आफ्नै बावुबाट बलात्कृत एउटी १२ बर्षिया बालिकाले हजुर बुवा संग आफु बलात्कृत भएको पिडा फोन मार्फत सुनाए पछि यस्ता घटना सहेर अब कुनै पनि चेली –बेटी बस्न सक्दैनन भन्ने स्पष्ट भएको छ । दुई दिन अघि घरमा आमा र हजुर बुवा नभएको बेला सो जिल्लाको शितगंगा नगरपालिका–६ जकुनेकी १२ बर्षिया बालिकाले आफु ४२ बर्षिय बाबुबाट बलात्कृत भएको पिडा हजुर बुवालाई फोन मार्फत रुँदै सुनाएकी थिईन ।
तत्पश्चात हिजो प्रहरीलाई खबर गरियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले हिजै ती बाबुलाई पक्राउ गरी अदालतमा म्याद थप गरी अनुसन्धान गरि रहेको त्यहाँका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए ।
‘ घरमा कोही नभएको बेला एक्लै बसेकी छोरीलाई बाबुले बलात्कार गरे छ , पिडत बालिकाले फोन गरेर हजुर बुवा संग भनि छन ’–डिएसपी मल्लले भने–‘ त्यस पछि आमालाई खबर भए पछि जाहेरी दिईयो र निज बाबुलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाईएको छ ।’
उनको अनुसार त्यस अघि पनि एकादुई पटक ती बाबुले छोरीलाई बलात्कारको प्रयास गरेका थिए । आमाले हेर्दा छोरीको गुप्ताङ्ग सुनिएको थियो । अहिले उनको अबस्था सामन्य रहेको डिएसपी मल्लले जानकारी दिए ।
प्रतिक्रिया