काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (कक्षा १०) को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा सबै भन्दा बढी २ देखि २.४ जिपिए ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७ सय ३३ छन् । त्यसैगरी १.६ देखि २ जिपिए ल्याउने परीक्षार्थीको संख्या १ लाख ५ सय ९४ जना रहेका छन् ।
परीक्षामा २२ हजार ५ सय ३७ परीक्षार्थीले पुरै परीक्षा दिएनन । त्यस्तै १ सय ३ परीक्षार्थी एसफेल भएका छन् ।
विवरण अनुसार ३.६ देखि ४ जिपिए ल्याउने परीक्षाथीको संख्या ९ हजार ६ सय ३३ रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने परीक्षार्थीको संख्या ४१ हजार ६ सय २७ रहेका छन् । २.८० देखि २.२ल्याउनेको संख्या ७९ हजार ९ सय छन् । ९० हजार ७ सय ५८ जनाले २.४ देखि २.८ जिपिए ल्याएका छन् ।

प्रतिक्रिया