विन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा

३ बर्ष अगाडि

 काठमाडौं- विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

सर्वसाधरणलाई निष्कासन गरेको १५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ७५ हजार कित्ता शेयर गरी एक करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको पहिलो शेयर कारोबारको लागि नेप्सेले न्युनतम १११ रुपैयाँ ३४ पैसा देखि अधिकतम ३३४ रुपैयाँ २ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । त्यसको आधारमा भोली बिहीबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीको शेयरलाई नेप्सले विएचडिसी  कारोबार संकेत प्रदान गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया