काठमाडौं- साताको चौथो कारोबारको दिन शेयर बजार दोहोरो अंकले बढेको छ ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४४.८० अंक घटेर २०८८.१६ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेचञ्ज (नेप्स) आज कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ २३.८३ अंकले बढे २१११.९९ को बिन्दुमा पुगेको हो ।
यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमा व्यापार बाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ जसमा फाइनान्स उपसमूहको सबैभन्दा धेरै ४।१३ प्रतिशतले बढेको छ।
बुधबार जानकी फाइनान्स, युनाइटेड मोदि र राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने नेश्डो लघुवित्तको ९.९७ प्रतिशत र जाल्पा सामुदायीक लघुवित्तको ९.८४ प्रतिशतले बढेको छ।
यस दिन उच्च दरमा शेयरमूल्य घट्नेमा धेरै म्युचुअल फण्ड रहेका छन्। भरखरै दोस्रो बजारमा कारोबार सुरु भएको कुमारी धनबृद्धि योजनाको इकाइमूल्य १० प्रतिशतले घटेको छ भने नविल ब्यालेन्स फण्ड ३ को पनि ३।२३ प्रतिशतले घटेको छ।
बुधबार पनि शिवम सिमेन्टको सबैभन्दा धेरै १७ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण कावेली हाइड्रोपावरको १२ करोड ३५ लाख, गोर्खाज फाइनान्सको ८ करोड ९२ लाख र नेश्डो लघुवित्तको ८ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
प्रतिक्रिया