काठमाडौं- साताको चौथो कारोबारको दिन शेयर बजार दोहोरो अंकले बढेको छ ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४४.८० अंक घटेर २०८८.१६ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेचञ्ज (नेप्स) आज कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ २३.८३ अंकले बढे २१११.९९ को बिन्दुमा पुगेको हो ।
नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १६ करोड माथिको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक शिवम् सिमेन्ट्सको १७ अर्ब ९४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, दोस्रोमा अरुण काबेली पावरको १२ करोड ३५ लाख रुपैयाँ, तेस्रोमा गोर्खाज फाइनान्सको ८ करोड ९२ लाख रुपैयाँ, चौथोमा नेष्डो समृद्ध लघुवित्तको ८ करोड ४८ लाख रुपैयाँ र पाँचौमा युनिभर्सल पावर कम्पनीको ८ करोड ४१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
प्रतिक्रिया