काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ वटा सरकारी विकास ऋणपत्र सूचीकृत भएको छ ।
नेप्सेमा नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले जारी गरेको विकास ऋणपत्रहरु ५ वर्षे अवधिको २०८४ ‘छ’, ५ वर्षे अवधिको २०८४ ‘ज’ र ६ वर्षे अवधिको २०८५ ‘च’ सूचीकृत भएको हो ।
विकास ऋणपत्र २०८४ ‘छ’ १५ अर्ब रुपैयाँबराबरको हो । यो ऋणपत्रको निष्कासन गत असार ८ गते भएको थियो । यसको साँवाब्याज भुक्तानी २०८४ असार ८ हुनेछ । यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९।१९ प्रतिशत ब्याज पाउँछन् ।
यसैगरी विकास ऋणपत्र २०८४ ‘ज’ पनि १५ अर्ब रुपैयाँबराबरको हो । यो ऋणपत्रको निष्कासन गत असार १५ गते भएको थियो । यसको साँवाब्याज भुक्तानी २०८४ असार १५ हुनेछ । यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९।०२ प्रतिशत ब्याज पाउँछन् ।
त्यस्तै विकास ऋणपत्र २०८५ ‘ज’ ५ अर्ब रुपैयाँबराबरको हो । यो ऋणपत्रको निष्कासन गत असार २२ गते भएको थियो । यसको साँवाब्याज भुक्तानी २०८५ असार २२ हुनेछ । यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८।४९ प्रतिशत ब्याज पाउँछन् ।
प्रतिक्रिया