काठमाडौं - अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर रजिस्ट्रार (आरटीएस) मा एनएमबि क्यापिटल नियुक्त भएको छ ।
अपर हेवाखोलाको सञ्चालक समितिको निर्णयबमोजिम एनएमबि क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरिएको हो ।
यो सँगै अब एनएमबि क्यापिटलले अपर हेवाखोलाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्कालगायत सेयरवालाहरुको लगत अद्यावधिकलगायतका सम्पूर्ण कार्य गर्नेछ ।
प्रतिक्रिया