काठमाडौं - आज बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेको छ ।
अघिल्लो कारोबारको दिन मंगलबार ४४.८० अंक घटेर २०८८.१६ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ०.८५ अंक बढेर २०८९.०१ विन्दुमा पुगेको छ ।
उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०२ अंक बढेको छ । आज प्रि ओपन सेसनमा ८ स्टकको ७ लाख ६२ हजार ५०० रुपैयाँ बराबरको १ हजार ३२० कित्ता शेयर खरिदबिक्री भएको छ ।
सोमध्ये ३ स्टकको मूल्य बढेको छ भने ५ स्टकको मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया