एनसीसी बैंकको संस्थापक सेयर खरिदका लागि आजसम्म मात्र बोलपत्र पेस गर्न सकिने

३ बर्ष अगाडि

काठमाडौं - एनसीसी बैंकको संस्थापक सेयर खरिदका लागि बोलपत्र पेस गर्ने आज अन्तिम दिन रहेको छ । 

बैंकले गत असार २९ गतेबाट सवा २६ लाख ३३ हजार १३६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बोलपत्र आज अपराह्न ३ बजेसम्म पेस गरिसक्नु पर्नेछ ।

यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् ।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३१ रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्छ । 

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । अधिकतममा १ हजारले गुणन वा सम्पूर्ण कित्रा खरिदका लागि आवेदन दिन सकिनेछ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया