काठमाडौं - मन्त्रिपरिषद्ले नेपाली नर्सलाई बेलायतमा रोजगारी दिने विषयमा बेलायतसँग श्रम समझदारी गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई अनुमति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अनुमति दिएको हो ।
नेपाल र बेलायतबीच श्रम समझदारीको मस्यौदा बनाउन गठित समितिले अन्तिम मस्यौदा तयार गरेको भन्दै श्रम मन्त्रालयले आगामी साता हस्ताक्षर गर्न लागिएको बताएको छ ।
बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाडौंस्थित बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भई श्रम समझदारीपत्रको मस्यौदा तयार भएको बताइएको छ ।
प्रतिक्रिया