साउन १९ देखि लक्ष्मी क्यापिटलले म्युचुअल फण्ड निष्कासन गर्ने, कति ?

३ बर्ष अगाडि

काठमाडौं - लक्ष्मी क्यापिटलले साउन १९ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ। क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने शुभ लक्ष्मी कोष निष्कासन गर्न लागेको हो ।

उक्त योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको ५ करोड इकाईमध्ये न्यूनतम ७५ लाख वा कुला बिक्री भएको इकाई सङ्ख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरि ४ करोड २५ लाख इकाई निष्कासन गर्नेछ । 

सो मध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई निष्कासन गर्न लागेको हो । सो इकाईका लागि साउन २३ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने मिति भदौ २ गतेसम्म लम्बिनेछ । 

लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ५० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । सो कोषको इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ ।

 यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया