काठमाडौं - एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५८ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.४९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४७ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४३.३६ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४०।९५ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ३१.७३ प्रतिशत बढेको छ ।
खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ६ रुपैयाँ ६२ पैसा बढेर ३३ रुपैयाँ ६७ पैसा पुगेको छ सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.५४ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष ६८.५६ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी ४.६१ प्रतिशत, निक्षेप २५.२० प्रतिशत र कर्जा २९.३४ प्रतिशत बढेको छ ।
प्रतिक्रिया