नेपाललाई २ अर्ब ३२ करोड विदेशी सहायता

३ बर्ष अगाडि

काठमाडौं - खानेपानी र सरसफाई क्षेत्रलाई थप व्यवस्थित बनाउन भन्दै युरोपियन युनियनले नेपाललाई थप १ अर्ब ३७ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

मंगलबार मन्त्रीपरिष्दका निर्णय सार्वजनिक गर्द सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पत्रकार सम्मेलन मार्फत सो सहयोग स्वीकार गर्ने निर्णय गरेको जानकारी गराए ।

सबैका लागि दिगो खानेपानी र सरसफाई कार्यक्रमका लागि सो सहायता रकम स्वीकार गरिएको हो । कार्कीका अनुसार गुणस्तरीय प्राविधिक व्यवसायिक शिक्षा तथा तालिमको पहिलो चरणको परियोजनाका लागि थप ९५ करोड रुपैयाँ अनुदान सहयोग पनि स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले चुलिदो आयातका कारण अर्थतन्त्र नै प्रभावित हुने भएपछि आयात व्यवस्थापन र न्यूनीकरण गर्न सरकारले अंकिगर गर्नुपर्ने व्यवस्थाबारे अध्ययन गरी सुझाव एक उच्चस्तरीय समिति गठन गरको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया