काठमाडौं - नेपाल धितोपत्र बोर्ड सेबानले चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम यहि साउन १२ गते विहीबार घोषणा गर्ने भएको छ । बोर्डले होटल हिमालयनमा यस आर्थिक वर्षमा बोर्डले तय गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ ।
बोर्डले हरेक वर्ष आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरेको छ । यस वर्षको बोर्डको नीति तथा कार्यक्रम अर्थपुर्ण रहनेछ । यस अगाडीका अध्यक्ष भन्दा फरक हिसावले अगाडी बढेका रमेश हमालको नीति तथा कार्यक्रमलाई लगानीकर्ताले उत्साहपुर्वक हेरिरहेका छन् ।
बोर्डले यस वर्ष नयाँ स्टक एक्सचेन्जको स्थापनादेखि लिएर ब्रोकर लाइसेन्स सम्बन्धी व्यवस्था लगानी सार्ने बुझिएको छ ।
प्रतिक्रिया