तीन बीमा कम्पनीहरु बोनसदर सार्वजनिक, कुनको कति ?

३ बर्ष अगाडि

काठमाडौं - अहिलेसम्म तीन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ को बोनसदर सार्वजनिक गरेका छन् । मेट लाइफ, एशियन लाइफ र ज्योति लाइफले मात्रै बोनसदर सार्वजनिक गरेका हुन् । 

१. मेट लाइफ इन्स्योरेन्स
मेट लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को बोनसदर घोषणा गरेको छ । 

कम्पनीको आर्थिक वर्ष २०७७/ २०७८ (१६ जुलाई २०२० देखि १५ जुलाई २०२१) सम्मको आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बिमाङ्कीय प्रतिवेदन बीमा समितिबाट पारित भएसँगै कम्पनीबाट जारी बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

२. एशियन लाइफ
एशियन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को लागी बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिबाट साउन १ गते बीमांकीय प्रतिवेदन स्वीकृतिसँगै बोनसदर समेत स्वीकृत भएपछि कम्पनीले मंगलबार बोनसदर सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको बोनसदरका अनुसार प्रति हजार रुपैयाँ बीमांकमा प्रति वर्ष न्यूनत्तम ४० देखि अधिकत्तम ७५ रुपैयाँसम्म बोनसदर घोषणा गरिएको छ ।

सावधिक तथा आजीवन बीमालेख अन्तर्गत १४ वर्षे अवधिसम्मको ५० रुपैयाँ, १५ देखि १९ वर्षे अवधिको ५५ रुपैयाँ, २० देखि २४ वर्षे अवधिको ६० रुपैयाँ र २५ वा सोभन्दा बढीका अवधिको ७५ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै बालबालिकाको सावधिक तथा अन्य सावधिक जीवन बीमा योजनाको बोनश दर ५० देखि ६० रुपैयाँ कायम गरिएको छ। १४ वर्षे अवधिसम्मको ४० रुपैयाँ, १५ देखि १९ वर्षे अवधिको ४५ रुपैयाँ, २० देखि २४ वर्षे अवधिको ५३ रुपैयाँ र २५ वर्षे वा सोभन्दा बढी अवधिको लागी ६० रुपैयाँ बोनसदर रहेको छ ।

३. ज्योति लाइफ
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७७/२०७८  को नयाँ बोनसदर घोषणा गरेको छ । 

कम्पनीको आर्थिक आर्थिक वर्ष २०७७/२०७८  को लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन बीमा समितिको २०७९ श्रावण ६  गतेको पत्र मार्फत स्वीकृत भई २०७८ अषाढ मसान्तसम्ममा जारी भएका कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम रुपैयाँ २० देखि ७५ रुपैयाँसम्म घोषणा गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया