ट्रेजरी बिलको उच्च ब्याजका कारण बैंकिङ प्रणालीमा तरलताको चरम अभाव साथै ब्याजदर बढ्ने संकेत

३ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले जारी गर्ने ट्रेजरी बिलको ब्याजदर इतिहासकै उच्च विन्दुुमा पुुगेको छ । 

गत सोमबार बोलकबोलमा बैंकहरुले ट्रेजरी बिलको सबैभन्दा उच्च १३.९९५ ब्याज प्रस्ताव गरेका हुन् । यसअघि बैंक तथा वित्तीय संस्थाहरुले २८ दिनका लागि १०.३४९१५ र ९१ दिनका लागि ९.९८०१५ सम्म ब्याजदर प्रस्ताव गरी ट्रेजरी बिल खरिद गरेका थिए । 

राष्ट्र बैंकले मंगलबारदेखि जारी गरेको २८ दिनका लागि २ अर्ब रुपैयाँ र ९१ दिनका लागि १३ अर्ब ६० करोड रुपैयाँको गरी कुल १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेकोमा बैंकहरुले १३.९९५ सम्म ब्याज लिने गरी खरिद गरेका हुन् । 

यसरी ट्रेजरी बिलको उच्च ब्याजका कारण सम्रग बैंकिङ प्रणालीमा तरलताको चरम अभाव हुनुुका साथै ब्याजदर पनि बढ्ने जानकारहरु बताउँछन् । 

कतिपयले भने ट्रेजरीको ब्याज बढ्दैमा बैंकको ब्याज नबढ्ने तथा सीडी रेसियोमा पनि ट्रेजरी बिल गणना गर्न मिल्ने भएकोले बैंकहरुले ट्रेजरी बिल खरिद गरेको बताउँछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया