मन्दाकिनी हाइड्रोपावरको आईपीओ कति पर्‍ययो आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं - मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साउन ९ गतेदेखि निष्काशन गरेको आईपीओमा ८ लाख बढीको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आईपीओमा मंगलबार साँझ ५ बजेसम्ममा ८ लाख १० हजार ९५३ आवेदनबाट ९३ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको ९३ लाख २४ हजार २२० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई छुट्टाएको १० लाख ९३ हजार ७४९ कित्ता शेयरको ८।२५ गुणा बढी हुन आउँछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण शेयर निष्काशन गरेको छ । 

उक्त शेयरमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेन् । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले साउन १२ गते भित्र आवेदन दिनुपर्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया