करिब ४५ हजार तलबसहित मलेशियामा २०० जना पुरुष कामदारको माग,सुविधा के के ?

३ बर्ष अगाडि

काठमाडौं, मलेशियाको एक कम्पनीले २०० जना पुरुष कामदारको माग गरेको छ ।  NSK TRADE CITY SDN BHD नामक कम्पनीले उक्त संख्यामा पुरुष कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले बस्नेत सुविधा सहित मासिक करिब ४५ हजार तलब पाउनेछन् । कामदारले बस्ने व्यवस्था भने आफैँ मिलाउनुपर्ने छ । इच्छुक कामदारले वाईज स्पेस इन्टरनेशनल प्रालि काठमाडौंमा साउन २०  गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया